गोविन्द गौतमको विषयलाई लिएर कञ्चनपुरमा दिनभर प्रर्दशन भयो । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको ज्यान गएपछि त्यसको विरोधमा शनिवार दिनभर कञ्चनपुरमा विरोध प्रर्दशन भएको हो ।
भारतीय सुरक्षाकर्मीलाई कारर्वाही गर्न माग गर्दै विरोध प्रर्दशन भएको हो । जिल्ला प्रशासन कार्यालय कंचनपुरको आनन्दबजार क्षेत्रलाई निशेधित क्षेत्र घोषित गरेपछि स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । स्थानियहरुले निशेधित क्षेत्र तोड्ने प्रयास समेत गरेका छन् ।
उनिहरुलाई रोक्न ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा स्थानीय र प्रहरीहरुबीच दोहरो झडप समेत भएको थियो । प्रहरीले पटक पटक भिड नियन्त्रण गर्न लाठी चार्ज समेत गरेको थियो । गौतमको आईतबार विहान ८ बजे राष्ट्रीय सम्मानका साथ कंचनपुरको दोदा नदी किनारमा अन्त्येष्टि गरिने भएको छ ।