बाग्मति सफाई महाअभियान भब्य रूपले सम्पन्न

काठमाडौं–बाग्मती सफाई अभियानको २ सय औं हप्ता सम्पन्न भएको छ । विक्रम संवत २०७० साल जेठ ८ गतेबाट सुरु भएको बागमती सफाई अभियानलाई थप प्रभावकारी बनाउन शनिवार विहान सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहितको विषेश कार्यक्रम गरिएको हो । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको सफाई अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुको पनि सहभागिता रहेको थियो । सफाई अभियान अन्र्तगत १५ वटा स्थानहरुमा सफाइ गरियो ।

काठमाडौंको शंखमूल क्षेत्रमा प्रधानमन्त्री दाहाल सहभागी हुनुभयो । अभियान अन्र्तगत शंखमूलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बागमती सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताउनुभयो । उहाँले बागमती सफाई अभियानले मुलुकमा बढ्दै गएको राजनीतिक विकृति र विसंगति अन्त्य गर्न सघाउ पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले बागमती सफाई अभियानलाई राष्ट्रिय स्वयम्सेवी अभियानको संज्ञा पनि दिनुभयो ।

अभियान बागमती सभ्यताकै अभियान भएको उल्लेख गर्दै यसले राष्ट्र निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । बागमती सफाई अभियानमा सरकारी, गैरसरकारी संघ संस्थाहरु सहभागी हुँदै आएका छन् । शनिवारको सफाई अभियानमा पनि विभिन्न संघ संस्थाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया