आईएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउने क्षेत्रीलाई सम्मान

फागुन २७, काठमाडौं, कतारस्थित रिया मनी ट्र्रान्सफरको संजालमा आवद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउादा निसान सन्नी ब्राण्डको गाडी उपहार स्वरूप प्राप्त गर्नुहुने आईएमई सेवाग्राही श्री ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ । क्षेत्रीले गतमहिना नेपाली रुपैयाा १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाउनु भएको थियो । बुटवलस्थित आईएमईको व्यावसायीक साझेदार संस्था तिनाउ विकास बैंकबाट उक्त रकम भुक्तानभएको थियो ।

आईएमईमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा आईएमई केन्द्रीय कार्यालय पानीपोखरीमा वरिष्ठ प्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले संयुक्त रूपमा क्षेत्रीलाई सम्मान गर्नुभएको थियो ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्व यस कम्पनीले सेवाशुभारम्भको १६ औा वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,७०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले द:ुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया