समयमै स्थानीय निकायको चुनाव गर्न मन्त्री भए : कमल थापा

काठमाडौं– नवनियुक्त उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफू मन्त्री

भएको दाबि गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै संचारकर्मीसाग कुरा गर्दै उहााले निर्वाचनको वातावरण सुनिश्चित गराउने सर्तसहित आफू सरकारमा आएको बताउनुभयो ।

उपप्रधानमन्त्री थापाले निर्वाचन हुादैन की भन्ने आशंका मेटाउन पनि आफू सरकारमा गएको स्पष्ट पार्नु भएको हो ।

मुलुक निर्वाचनबाट पछि फर्कने अवस्था नरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले आन्दोलनरत मधेशवादी दललाई पनि निर्वाचनमा सहभागी गराउन आफूले सक्रियतापूर्वक इमान्दार प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया