प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारको अधिकार गाउँ– गाउँमा पुग्ने दाबी गर्नुभएको छ । शुक्रबार थकाली समुदायको साास्कृतिक पर्व तोरन्लको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहााले स्थानीय निर्वाचनपछि नागरिकले सिंहदरवारको अधिकार आफ्नै गाउामा आइपुगेको अनुभूत गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ स्थानीय संरचना अधिकार सम्पन्न भएको भन्दै प्रधानमन्त्री दाहालले अब सानातिना कामका लागि नागरिकले केन्द्रसम्म धाउन नपर्ने बताउनुभएको हो । संविधानसभाबाट प्राप्त संविधानको कार्यान्वयनका लागि पनि स्थानीय निर्वाचन अपरिहार्य भएको तर्क गर्दै प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । नयाा संविधान पूर्ण नभए पनि क्रमश: संशोधन गर्दै अघि बढ्न सकिने भन्दै उहााले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्नुभयो ।