मेधेशी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौं–संघीय गठवन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको शुक्रबारको बैठक बहिष्कार गरेका छन् । सप्तरी घटनाका दोषीलाई कारबाहीको माग गर्दै संघीय गठबन्धन र मधेसी मोर्चासम्बद्ध सांसदहरुले शुक्रबारको संसद वैठक बरिष्कार गरेका हुन् ।

संघीय समाजवादी फोरमका नेता अशोक राईले बोलिसकेपछि गठबन्धन र मार्चाआवद्ध सांसदहरुले रोष्टम आगाडि उभिएर सप्तरी घटनाका दोषीमाथि कारवाहीको माग गर्दै नाराबाजी गरेका थिए । फोरम नेता राईले सप्तरी घटनामा सरकारका तर्फबाट अनावश्यक बल प्रयोग भएको भन्दै दोषीमाथि कारवाहीको माग गर्नुभएको थियो । गत सोमबार नेकपा एमालेले आयोजना गरेको सभालाई बिथोल्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर हालसम्म ५ जना मोर्चाका कार्यकर्ताको मृत्यु भैसकेको छ ।

तपाईको प्रतिक्रिया