स्वतन्त्र युवा द्वारा भारतीय दूतावासअघि प्रदर्शन

काठमाडौं–कञ्चनपुर घटनाको विरोधमा स्वतन्त्र युवाहरुको समूहले भारतीय दूतावासअघि प्रदर्शन गरेको छ । कञ्चनपुरको आनन्दबजारमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा स्वतन्त्र युवाहरुको समूहले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासअघि प्रदर्शन गरेका हुन् । युवाहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरी हस्तक्षेपबाट केही युवाहरु घाइते भएका छन् । युवाहरुले भारतीय ज्यादती विरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनमा सयौंको सङ्ख्यामा युवाहरु सहभागी भएका थिए । लैनचौरसागै देशका विभिन्न भूगोलमा भारतीय प्रहरीको ज्यादती विरुद्ध प्रदर्शन भएको छ । यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी कञ्चनपुर घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया