काठमाडौं–नेपाल आयल निगमको लापरवाही कारण बजारमा पट्रोलियम पदार्थको चरम अभाव भएको छ । गएको बुधवार सार्वजनिक विदा भन्दै निमगले पम्पहरूलाई पट्रोल वितरण नगर्दा बजारमा पट्रोलिय पदार्थको अभाव भएको हो ।
पट्रोल हाल्नै पर्ने भएपछि शुक्रबार सर्वसाधारण पार्नी परिरहँदा समेत त्यसको प्रवाह नगरी घण्टौसम्म लाइनमा बसेका थिए । शुक्रबार समाचार संकलनका लागि हामी राजधानीका विभिन्न स्थानमा पुग्दा अधिकांश पट्रोल बन्द थिए ।
पट्रोलियम पदार्थको व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलसँग हामीले यसबारे बुझ्दा बुधवारको सार्वजनिक विवादका कारण पट्रोलियम अभाव भएको भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिए । बजारमा पट्रोलियम पदार्थको चरम अभाव भएर सर्वसाधारणले सास्ती झेलीरहँदा निगम भने सार्वजनिक विदाको दिन सर्वसाधारणले पट्रोलियम पदार्थको कम प्रयोग गर्ने भएकाले डिपोबाट पट्रोल वितरण नहुने भन्न पछि पदैन । सर्वसाधारणले पट्रोलियम पदार्थको अभाव झेल्नुपरेको यो पहिलो पटक हैन ।
सर्वसाधारणले समय समयमा आयल निगमकै कमजोरीका कारण पट्रोलियम पदार्थको अभाव झल्दै आएका छन्, जसबारे नोपल आयल निगम अनविज्ञ छैन ।