टीकादास श्रेष्ठ, काठमाडौं । विसं. २०७० साल जेठ ५ गते तत्कालिन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरी सुरु गरेको बागमती सफाइ अभियान फागुन २८ गतेबाट २०० औं हप्तामा प्रवेश गर्दैछ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समीति र बागमती सफाइ अभियान्ताहरुले २०० औं हप्ता पुगेको उपलक्ष्यमा पदयात्रा विशेष कार्यक्रम, कवि सम्वेलन तथा सरसफाई गरेर मनाउने भएको छ ।
२८ गते विहान ७ वजे सुन्दरीजलदेखि चोभार जलविनायकसम्म १७ स्थानमा भेला आयोजना गरिएको छ । बागमतीको सबैन्दा माथि सुन्दरीजल, भद्रवास, गोकर्ण, जोरपाटी, गोठाटार, गुहेश्वरी, आर्यघाट राममन्दिर, तिलगंगा मैदान, सिनामंगल भत्केको पुल, बानेश्वर क्याम्पस, मिनभवन, कोठेश्वर महादेवस्थान, बुद्धनगर वा रद्रमतिदोभान, थापाथली पुल, टेकु दोभान, बल्खु पुल, कृतिपुर गेट अगाडि र अन्तिममा चोभार जलविनायक लगायतका क्षेत्रमा भेला भई सरसफाई तथा पदयात्रा गर्ने जनाइएको छ । यी क्षेत्रहरुमा जसलाई जहाँ पायक पर्छ, त्यहाँ उपस्थित भइ सहभागीता जनाउन सकिने व्यवस्था आयोजकले गरेको छ ।
बागमती सरसफाइका अभियान्ताहरुले २०० औं हप्ता मनाउनका लागि केही दिन अघिदेखि नै प्रचारप्रसारलाई विशेष प्रथामिकाता दिँदै आएको छ ।
सरसफाइका प्रमुख अभियान्ता डा. राजु अधिकारी कामसँगै सकारात्मक सन्देश जाने गरी प्रचार प्रशारलाई पनि जोड दिन सक्यो भने अभियन सफल हुने रहेछ भन्ने धारणा राख्नुहुन्छ । उहाँले विदेशमा वस्ने एनआरएनहरुले पनि २०० औं हप्ताको कार्यक्रमलाई उत्सवको रुपमा मनाउने तयारी गरिरहेको बताउनुभयो । ‘बागमती सफाई महाअभियन सकारात्मक अभियान हो, गरेपछि हुँदो रहेछ भन्ने अभियान हो ।’ २०० औ हप्तासम्म निरन्तर रुपमा सफाइका कार्यक्रमलाई निरन्तरता दिन सकिएकोप्रति लक्षित गर्दै प्रमुख अभियान्ता डा. अधिकारीले भन्नुभयो – ‘४ वर्षको ४ वटा दशै, ४ वटा तिहार, गत वर्षको ६ महिना लामो नाकाबन्दी, ४ वटा गर्मी र चार वटा जाडोमा पनि यस अभियानले निरन्तरता पाएका काराण आज हामी २०० औं हप्तामा आइपुग्न सफल भएका हौं ।’
२८ गते विहान १७ वटै स्थानमा प्रमुख अतिथि, सफाइ अभियानका संयोजक, कवि, चर्चित कलाकार तथा अभियान्ताहरुले सपथग्रहण गरी सफाइ अभियानमा जुट्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमा सहभागिता जनाउनका लागि सर्वसाधारणहरुले माक्स, सुइरो, खाजा पानी लगायतका अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउनुको साथै प्रचार प्रशारमा सहयोग गर्ने सामाग्रीहरु पर्चा, पम्प्लेट, बोर्डहरु छपाएर पनि यो महाअभियानमा सहभागी हुन सकिने जानकारी आयोजक समीतिले गराएको छ । उक्त दिन विहान ७ वजे सम्बन्धित क्षेत्रमा उपस्तिथ भइ ८: ३० वजे सफाइ सकेर पदयात्रा सुरु हुने कार्यक्रम तय गरिएको छ । शंखमुलमा प्रधानमन्त्री, प्रधानन्यायधिस लगायतका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले सम्बोधन गरी समापन गर्ने कार्यक्रम रहेको छ । समापन कार्यक्रममा पुग्नको लागि सबै क्षेत्रमा सरकारी तथा निजी सवारी साधानको समेत व्यवस्था गरिएको जनाएको छ । सो अवसरमा यातयात व्यवसायीहरुले पनि निशुल्क रुपमा सहभागीहरुलाई कार्यक्रमस्थलमा पुर्याउने प्रतिवद्धता जनाइसकेको छ ।
वागमती सफाइका अभियान्ताहरुले सफाइ अभियानका कारण देशभर सकारात्मक सन्देश प्रवाह भएको जनाएको छ । यस अभियानबाट प्रभावित भएर अहिले देशका दुई दर्जनभन्दा बढी क्षेत्रमा नदि नालाहरु सफाई गर्ने अभियान चलिरहेको छ । २०० औं हप्ताको कार्यक्रम पश्चात देशव्यापी रुपमा नदिनालाहरुको सफाइ अभियान सुरु हुने अपेक्षा आयोजक समितिले राखेको जनाएको छ ।