जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, यस्तो भीरबाट खसेको थियो बस : फोटोसहित

जाजरकोट–जाजरकोटको पासाघाट भन्ने ठाउँमा बस दुर्घटना परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।  जाजरकोटका पत्रकार बद्री पन्तका अनुसार बस दुर्घटनामा परि २० जनाले ज्यान गुमाएका हुन् ।

बिहीबार दिउँसो ४ वजे लु ३ ख २२७९ नम्बरको बस दुर्घटना भएको थियो । करिव ६० जना यात्रु सवार बस दुर्घटना भएको जिल्ला प्रशासन कार्यलय जाजरकोटले जनाएको छ ।

जाजरकोटबाट पश्चिम खारा भन्ने स्थानमा जाँदै गरेको बस सडकबाट दुई सय मिटर तल नदी नजिकै खसेको थियो । मृतकमध्ये अहिलेसम्म केहीको मात्र सनाखत भएको छ । फोटो पहिलो पोष्टबाट :

तपाईको प्रतिक्रिया