सरकार मधेश पहाडको विखण्डनमा लागेको महन्थ ठाकुरको आरोप

काठमाडौं–तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार नै पहाड र मधेसलाई विखण्डन गर्न लागि परेको आरोप लगाउनु भएको छ । सप्तरी घटनाको विरोधमा संघीय गठ
नबन्धनले काठमाडौंमा गरेको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आफूहरुलाई विखण्डनकारीको बिल्ला भिराएर सरकार नै मुलुक बिखण्डन गर्नतर्फ लागेको आरोप लगाउनु भएको हो ।

आवेशमा आएर नभई अधिकारका लागि लडेको भन्दै अध्यक्ष ठाकुरले स्थानीय निर्वाचन स्थगित गरेर तत्काल संविधान संशोधन गर्न सरकारसाग माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया