सप्तरी – संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीले आह्वान गरेको अनिश्चितकालिन सप्तरी वन्दका कारण आज पनि जिल्लाको जनजिवन प्रभावित भएको छ । एमालेको मेची–महाकाली अभियानका क्रममा सोमवार प्रहरीको गोली लागि ४ जनाको मृत्यु र दर्जनौ कार्यकर्ता घाईते भएपछि मोर्चाले सोहि दिनदेखि अनिश्चितकालिन सप्तरी वन्दको घोषणा गरेको थियो ।
यसैक्रममा विहीबार पनि तोडफोड र आगजनीका घटना भएका छन् । मोर्चाका कार्यकर्ताले राजविराज ४ स्थित भुमिसुधार कार्यालयमा तोडफोड र आगजनी गरेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता चढेको वा७च ७४७९ नं. को गाडिमा पनि तोडफोड गरेका छन् ।
मलेठमा मृतक परिवारलाई भेटन पुगेकी आयोगकी प्रवक्ता मोहना अन्सारी गाडिमा फर्किनै लाग्दा गाडिमा ढुंगामुढा गरी तोडफोड भएको हो । यसैगरी, वन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा झण्डै एक दर्जन सवारी साधनमा तोडफोड गरेका छन् ।