प्रचण्डले राजीनामा दिनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसक्ने हो भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा एमालेले विहीबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीको खुट्टा धरमराएको दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले कुनै पनि बहानामा स्थानीय तह निर्वाचनको मिति तलमाथि हुन नहुने पनि बताउनुभयो ।

तोकिएकै मितिमा चुनाव गर्न नसक्ने हो भने तत्काल राजीनामा दिन प्रधानमन्त्री दाहाललाई सुझाव दिादै अध्यक्ष ओलीले निर्वाचन आयोगलाई देखाएर प्रधानमन्त्री दाहाल निर्वाचनबाट भाग्न खोजेको आरोप समेत लागउनुभयो ।

अध्यक्ष ओलीले सत्तापक्षकै योजनामा सप्तरीमा एमाले नेताहरुको सामुहिक हत्याप्रयास भएको दाबी पनि गर्नुभयो । अध्यक्ष ओलीले कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट नेपालीको मृत्यु हुादा चुपचाप बसको भन्दै सरकार र मधेसी मोर्चाको नियतमा खोट रहेको दाबी पनि गर्नुभयो ।

Published On:  504पटक हेरिएको

तपाईको प्रतिक्रिया