स्थानीय तहको चुनाव राकिदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने दाबि गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने काममा केन्द्रित हुन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।

स्थानीय तहको निर्वाचन रोक्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गरिरहेका बेला उहााले कुनै पनि बहानामा निर्वाचन नरोकिने प्रष्ट्याउनु भएको हो । प्रधानमन्त्री दाहालले संविधानले स्थानीय तहको निर्वाचन हुादै केन्द्रीय तहको निर्वाचन गर्ने व्यवस्था गरेकाले त्यसमा दायााबायाा गर्ने अवस्था नरहेको पनि स्मरण गराउनु भयो । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले परिवर्तनको अनुभूति जनताको तहसम्म पुर्‍याउन पनि स्थानीय निर्वाचन अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले नयाा संविधानले सिंहदरबारका सबै अधिकार स्थानीय तहलाई सुम्पेको पनि स्मरण गराउनु भयो । उहााले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

तपाईको प्रतिक्रिया