नेपाल उत्पादन भारतीय बजारमा पुर्‍याउन पहल गरेको छु : राजदूत उपाध्याय

कपिलबस्तु–भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपाली उत्पादनलाई भारतीय बजारमा पुर्‍याउन आफुले पहल गर्दै आएको  जिकिर गर्नुभएको छ । तौलिहवा उधोग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा राजदूत उपाध्यायले नेपाली उत्पादनलाई भारतीय बजारमा पुर्‍याउन आपुूले पहल गरिरहेको बताउनुभएको हो ।

नेपालका सम्पूर्ण उत्पादनलाई भारतमा निर्वाध रूपमा पुर्‍याउन क्वारेन्टाईनको मापदण्डमा एकरुपता ल्यानु पर्नेमा उहााको जोड थियो । भारतीय उत्पादन निर्वाध रुपमा नेपाल आउादै गर्दा टयारिफ, नन टयारिफ, काउन्टर बिलिङ्ग डयुटी, एण्टी डप्टिङ्ग डयुटी, स्ट्यान्डर र मार्किङ्गको नाममा नेपाली उत्पादन भारत नपुग्ने बातावरणलाई व्यवस्थापन गर्न आफुले पहल शुरु गरेको बताउनुभयो ।

नेपाली उत्पादन तत्कालै केही न केहि रुपमा भारतीय बजारसम्म पुर्याउन छलफल अघि बढेको उहााले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया