मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तालाई कालोमोसो दले

बाराको सदरमुकाम कलैया स्थित भरत चौकमा मोर्चाका कार्यर्ताहरुले एमालेका कार्यकर्ताहरुलाई कालोमोसो दलेका छन् । सोमवार सप्तरीमा भएको हिंसात्मक घटनाको बिरोधमा बुधवार नेकपा एमाले बाराका पार्टी कार्यालय सचिव शंकर भट्टराई र कलैया नगर कमिटी सद्स्य रामएकवाल पटेललाई मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका हुन् । दुई दिने मधेश बन्दका क्रममा बाराको सदरमुकाम कलैया, पथलैया बिरगंज सडक खण्डमा पर्ने जीतपुर, परवानीपुर, नितनपुर लगायतका स्थानमा बन्दको पूर्ण प्रभाव परेको छ ।

जिल्लाको उत्तरी भेग निजगढ, पथलैया, सिमरा, अमलेखगंजमा भने बन्देको प्रभाव परेको छैन् । सरकारी कार्यालयमा अन्य दिनको तुलनामा सेवा ग्राहीहरु यातायात बन्दका कारण न्यून देखिएका छन् । यातायात ठप्प हुादा यात्रुहरु बिच्चलीमा परेका छन् । बन्दमा प्रेस, दुधको गाडी, एम्बुलेन्स लगायतका सवारी साधनहरुलाई निर्वाध रुपमा चल्न दिइएको छ ।

Published On:  428पटक हेरिएको

तपाईको प्रतिक्रिया