तीन दलको योजनामा सप्तरी घटना भएको उपेन्द्र यादवको आरोप

सप्तरी–मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको योजनामा सप्तरी घटना भएको आरोप लगाउनुभएको छ । अध्यक्ष यादवले नेपाली सत्ताघटक माओवादी केन्द्र, नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुकै योजनामा सप्तरीमा प्रहरीले गोली चलाएको दाबी गर्नुभएको हो ।

बुधबार भक्तपुरमा भएको कार्यक्रममा उहााले प्रधानमन्त्री, गृहमन्त्री र प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुको मिलेमतोमै चार जनाको मृत्यु हुने गरी सप्तरीमा गोली चलाएको आरोप लगाउनु भयो ।

लोकतन्त्रमा आमसभा गर्ने र विरोध गर्ने अधिकार सबैलाई भए पनि सप्तरीमा प्रहरीले छानीछानी मोर्चाका कार्यकर्तालाई टाउकोमै गोली हान्नु आपत्तिजनक भएको भन्दै उहााले घटनाको जिम्मेवारी सरकार र एमालेले लिनुपर्ने धारणा राख्नुभयो ।

Published On:  435पटक हेरिएको

तपाईको प्रतिक्रिया