अब यूएईबाट नेपाल आउँदा डोरीले बाधेका लगेज र झोलाहरू ल्याउन नपाइने

काठमाडौं–युएईको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थले सेवालाई सुधार गर्न लगेजसम्बन्धी नियम परिवर्तन भएको छ । परिवर्तित नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बााधिएका झोला, गुन्टा र कार्टुन नेपाल ल्याउन पाउने छैनन् ।

वैदेशिक रोजगारीमा आएकाहरु नेपालीले घर फर्किंदा डोरीले बााधेका गुन्टा तथा कार्टुन लाने गरेकोमा अब यो निमय लागू भएपछि यसरी सामान ल्याउन पाउने छैनन् । यो नियम ८ मार्चदेखि लागू भएको छ ।

सुरक्षाका दृष्टिले पनि विमानस्थल लगेज नियम परिवर्तन गर्नुपरेको बताइएको छ । डोरीले बााधिएका झोला, गुन्टा र कार्टुनका कारण जाम हुने कारण निमय परिवर्तन गरिएको हो । परिवर्तित नियम अनुसार एयरलाइन्स कम्पनीहरुले यात्रुहरुलाई लगेजको रुपमा डोरीले बााधेका गुन्टा, कार्टुन नबनाउन आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया