स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा

काठमाडौं–सरकारले अगामी बैशाख ३१ गतेको दिनलाई स्थानीय तहको चुनाव गर्ने दिनको रूपमा मिति घोषणा गरेको छ । सरकारले गत ९ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले फाल्गुन ११ गते संक्षित चुनावी कार्यतालिका बनाई अहिले यसै अनुरूप काम गरिएको छ । आयोगले अहिले चुनाव केन्द्रीत भएर मतदाता नामावली संकलन गर्ने र मतदाता शिक्षा प्रदान गर्ने काम गरिरहेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको चुवावको लागि विगतदेखि नै मतदादा नामावली संकलन गर्ने कार्य गरिरहेको छ । तर निर्वाचन आयोगले २०७० सालको संविधानसभाको चुनावदेखि अहिलेसम्म कति मतदाता थपिए भन्ने बारेको तथ्य भन्ने सार्वजनिक गरेको छैन । मतदाता नामवली संकलन जारी रहेको र संङ्कलित मतदाता नामवलीले अन्तिम रूप पाइनसकाले मददाता नामवली प्रकाशन गर्न केही समय लाग्ने निर्वाचन आयोगको भनाइ छ ।

त्यस्तै, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई पनि अगाडि बढाइ रहेको छ । लामो समय पछि संघीयतामा आधारित प्रणालीमा स्थानीय तहको चुनाव हुन लागेकाले त्यही अनुरूप मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएको निर्वाचन आयोगको दाबि छ । निर्वाचन आयोगका अनुसार मददाता शिक्षा लागि घरदैलो कार्यक्रम, सूचना केन्द्र स्थापना, पुस्तक, पढ्न हाते सामाग्री लयायतका काम अहिले भइरहेका छन् ।

तपाईको प्रतिक्रिया