काठमाडौं–बुधबार १ सय ७ औं अन्तर्राष्ट्रिय नारी दिवश नेपाल पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘बदलिंदो परिवेशमा महिला, सन् २०३० सम्ममा बराबरी पाईला, भन्ने मुख्य नारा सहित विभिन्न कार्यक्रम गरी मनाइएको हो । विश्वमा सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको अन्तराष्टिय महिला श्रमीक दिवस पछिल्लो समय नेपालमा पनि भव्यताका साथ मनाउन थालिएको हो । नारी दिवसकै सन्र्दभमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले महिला दिवसको शुभकामना दिदै महिला सशक्तिकरणमा सरकारले जोड दिनुपर्ने धारणा राख्नुभयो ।
सोही कार्यक्रममा प्रधान न्यायाधीश शुशिला कार्कीले महिलाको हक र समानतामा आधारित समाजको स्थापना र विकाश गर्ने सबै क्षेत्र तथा निकायले लैङ्गिक मैत्री भइ अघि बढनुपर्ने बताउनुभयो ।
]राष्ट्रिय नारा महिला सम्मानको आधार सीपयुक्त हात र स्वरोजगार, तथा सहायक नाराको रुपमा बदलिंदो परिवेशमा कामकाजी महिला २०३० सम्ममा बराबरी पाइला लगायतका विभिन्न नारा सहित र्याली निकालिएको थियो । केन्द्रिय तथ्याङक विभागका अनुसार नेपालमा कुल जनसंख्याको ५१.५० प्रतिशत महिला छन ।