उपराष्ट्रपतिद्धारा चन्दागिरि केबलकारको भ्रमण

काठमाडौं । सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले मिति २०७३ फाल्गुण २२ गते विहान ०८:३० बजे चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गर्नुभएको छ । सो अवसरमा उपराष्ट्रपति पुनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गर्नु भएको थियो ।


ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्नुभयो ।

तपाईको प्रतिक्रिया