यस्तो छ प्रमुख मानिएका क्याम्पसमा स्ववियु चुनाव हुन नसक्नुको कारण

काठमाडौ– प्रमुख मानिएका र विजयी हुँदा महत्व बोक्ने त्रिभुवन विश्वविद्यालयका अधिकांश आङ्गिक क्याम्पसमा चुनाव हुन सकेन । त्रिभुवन विश्वविद्यालयले गएको फाल्गुन १८ गते देशभरका क्याम्पसमा स्ववियु चुनाव गर्ने घोषणा गरेपनि विद्याथी संगठनवीच विवाद हुँदा ठूला मानिएका क्याम्पसमा स्ववियु चुनाव हुन नसकेको हो ।

खास विषयमा विद्यार्थी संगठनवीच कुनै विवाद नभएपनि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले चुनाव जित्ने निश्चित भनिएका क्याम्पसमा कांग्रेस निटक विद्याथी संगठन नेपाल विद्यार्थी संघले अवरोध गर्दा चुनाव हुन नसकेको हो । त्यस्तै नेविसंघ बलियो मानिएको क्याम्पसमा अनेरास्ववियुले चुनाव हुन नदिएको भन्ने आरोप लगाइएको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनले भन्ने खासै स्ववियु चुनावमा अवरोध खडा गरेका छैनन् । यसअधि अनेरास्ववियु बलियो मानिदै आएको प्रर्दशनी मार्गको रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी संघले चुनाव हुन नदिएको आरोप अनेरास्ववियु लगायतका अन्य भातृ लगाएका छन् ।

अन्य क्याम्पसमा जीत हारकै विषयले स्ववियु चुनाव हुन नसकेको स्वयम विद्यार्थी नेता स्वीकार गर्दछन् ।

तपाईको प्रतिक्रिया