सुन तस्कर गर्ने १२ जना विरुद्ध मुद्धा

गत पुस २१ गते अन्तर्राराष्ट्रिय विमानस्थलबाट बारमद् भएको ३३ किलो अवैध सुन तस्करीमा संलग्न १२ जना विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार पत्रकार सम्मेलन गरि सुन तस्करीमा संलग्नहरुमाथि भएको कारबाही र अनुसन्धानको प्रगति बारे जानकारी गराएको हो ।

सीआइबीका अनुसार सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्नीसयन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, न्यूरोडका सुन पसलेहरु : रोजश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाएको छ ।

त्यस्तै सुर्खेतका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा, धनुषाका सन्तोष काफ्ले र काभ्रेपलाञ्चोकका रामहरी कार्की विरुद्ध मुद्दा चलाइएको छ । दुबईबाट नेपालमा सुन पठाउनेदेखि विमानस्थलमा सेटिङ मिलाउने, क्यारिङ गर्ने र सुन खरिद गर्नेसम्मलाई पक्राउ गर्न प्रहरी सफल भएको सीआइबीले जनाएको छ । दुबईबाट सुन पठाउने गिरोहमा मुख्य नाइकेहरुलाई फक्राउ गर्न रेडकर्नर नोटिस जारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया