काठमाडौं– संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले आइतबार राजविराजमा मशाल र लाठि जुलुस निकालेर एमाले विरूद्धको प्रर्दशन गरेका छन् । स्थानीय शिव मन्दिरबाट निस्केको जुलुस एमाले र अध्यक्ष ओली विरुद्घ चर्को नारावाजी गर्दै बजार परिक्रमा गरेको थियो । एमालेको मेची महाकाली अभियान अन्तर्गत सोमवार राजविराजमा आमसभा गर्ने कार्यक्रम छ ।
त्यसलाई विथोल्ने उदेश्यले मोर्चाले सोमवारै वन्द कार्यक्रम, लाठि जुलुस र विरोध सभा कार्यक्रमको घोषणा गरेको छ । एमालेको कार्यक्रम विथोल्न मोर्चाले गाउँ गाउवाट कार्यकर्तालाई सदरमुकाममा वोलाई लाठि र मसाल जुलुस प्रदर्शन गरेको हो । सोमवार आन्दोलनमा १० हजार भन्दा वढि कार्यकर्ता सहभागि हुने मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवको दावी छ । एमाले अभियानको विरोधमा मोर्चाको गतिविधि तिव्र वनेपछि जिल्लामा सुरक्षा ब्यवस्था अत्यन्त कडा पारिएको छ ।
स्थानीय प्रशासनले नगरभित्र प्रवेश गर्ने सवै नाका तथा एमाले पार्टी कार्यालय, नेताका घर भएका क्षेत्रमा चेकजााच, निगरानी र सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यसैविच एमालेले मेची महाकाली अभियानलाई लिएर मोर्चा कार्यकर्तावाट हुन सक्ने अवरोध र सम्भावित झडपलाई ध्यानमा राखी सप्तरी प्रवेश गर्ने रुट र कार्यक्रम स्थल परिवर्तन गरेको छ । यस अघि एमालेले राजविराजको राज रंगशालामा आमसभा गर्ने तयारी गरेको थियो ।