चुनावका विषयमा मेधशी दलसँग सहमति हुने प्रधानमन्त्रीको दाबि


काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासमेतको सहमतिमा स्थानीय चुनाव हुने बताउनुभएको छ । पूर्वाञ्चल विश्व विद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री दाहालले मधेशी मोर्चाकै सहमतिमा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न हुने उहाँले दाबी गर्नुभयो । दाहाले सरकारले स्थानीय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि चुनाव गराएरै छाड्ने दाबी गर्नुभयो ।

तराईका जिल्लामा स्थानीय तहको संख्या नमिलेको भनिरहेको मधेसी मोर्चाको मागलाई सम्वोधन गर्न स्थानीय तहको संख्या वढाउन लागेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रक्रियामा रहेका १५ वटा संसोधन विधेयक बहुमतको आधारमा नभएर प्रतिपक्षसँगको समझदारीमा परिमार्जन गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया