एमालेको मेची महाकाली अभियान शनिबारबाट शुरू

काठमाडौ–नेकपा एमालेको १५ दिने मेची महाकाली अभियानबाट शनिबारबाट शुरू भएको छ । झापाको काकडभिट्टामा  अध्यक्ष केपी शर्मा ओलीले अभियान उद्घाटन गर्नुभयो ।

मेची काली अभियानमा कसैले अवरोध गरे हटाउंदै अघि बढ्ने उहाँले चेतावनी दिनुभयो । अध्यक्ष ओलीले एमालेले संविधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने स्पष्ट पार्नुभयो । अभियान उद्घाटनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल लगायत सबै शीर्षनेताहरु सहभागी थिए ।

Published On:  441पटक हेरिएको

तपाईको प्रतिक्रिया