काठमाडौं– भारतीय अर्थमन्त्री अरुण जेट्लीले बैदेशिक लगानीकै जगमा आर्थिक समृद्धि हाासिल हुने बताउनु भएको छ । अर्थमन्त्री जेट्लीले अब नेपाल पनि छिट्टै समृद्ध हुने विश्वास व्यक्त गर्नु भयो ।
नेपाल लगानी सम्मेलनमा भाग लिन काठमाडौं आउनु भएका भारतीय अर्थमन्त्री जेटलीले शुक्रबार पत्रकार सम्मेलन गर्दै विश्वका शक्तिशाली राष्ट्रहरु बैदेशिक लगानीकै जगमा समृद्ध भएको दृष्टान्त पनि पेश गर्नुभयो । उहाले भारत र चीनको आर्थिक विकासमा पनि बैदेशिक लगानीकै हात रहेको पनि स्पष्ट पार्नु भयो । अर्थमन्त्री जेटलीले भारत नेपालको आर्थिक विकासमा सघाउन सदा तयार रहेको पनि उल्लेख गनुभयो । उहााले नेपालको पूर्वाधार विकास र जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न भारत सरकार आतुर रहेको पनि बताउनु भयो ।
भारतीय अर्थमन्त्री जेट्लीले केही दिन भित्रै नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धि समस्या समाधान हुने पनि बताउनु भयो । उहााले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच नेपालमा देखिएको भारतीय मुद्रा सटहीसम्बन्धि समस्या समाधान गर्ने विषयमा छलफल भईरहेको स्मरण गराउादै छिट्टै समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।