काठमाडौं– ऊर्जा मन्त्री जनार्दन शर्माले नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । मन्त्री शर्माले नेपालमा लगानी गरे प्रशष्त लाभ लिन सकिने पनि स्पष्ट पार्नुभयो । नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्दै उहााले नेपाल लगानीका लागि बााझो जमिन भएको उल्लेख गर्दै त्यसबाट धेरैभन्दा धेरै लाभ लिन पाउने अवसर गुमाउन नहुने बताउनुभयो ।
मन्त्री शर्माले नेपाललाई विकासको रहर र भोक जागेको उल्लेख गर्दै त्यसमा अन्तराष्ट्रिय समुदायको ठूलो साथ रहने विश्वास पनि व्यक्त गर्नुभयो । ऊर्जा मन्त्री शर्माले नेपालको पानी र भूगोल नै आर्थिक समृद्धिको आधार भएको उल्लेख पनि गर्नु भयो । नेपाल सरकारले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार समेत गरिसकेको उल्लेख गर्दै ऊर्जा मन्त्री शर्माले नेपालमा लगानी गरेर मुनाफा आर्जन गर्न अव सहज हुने पनि बताउनु भयो । उहााले नेपालमा हाल ३ हजार ९ सय मेघावाट विद्युत निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको पनि जानकारी दिनु भयो ।
मन्त्री शर्माले स्वदेशी लगानीलाई आकर्षित गर्न सरकारले नेपालको पानी: जनताको लगानीसम्बन्धि अवधारणा अघि सारेको पनि स्पष्ट पार्नुभयो । ऊर्जा मन्त्रालयले ८ हजार जलाशाययुक्त जलविद्युत आयोजना संचालनका लागि आवश्यक तयारी पनि सुरु गरेको छ । मन्त्री शर्माले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदाय आकर्षित हुने विश्वास पनि व्यक्त गर्नुभयो ।