काठमाडौं–संसदको लेखा समितिले नेशनल ट्ेरडिङको नाममा रहेको जग्गा तत्काल विक्री वितरण नगर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारको मूलगेट अगाडि ट्राफिक कार्यालय छेउ रहेको नेशनल ट्रेडिङको नाममा रहेको २५ रोपनाी, १५ आना २ पैसा जग्गा लिजमा दिने ७ वर्ष अघिको सम्झौता रद्द भएपछि समितिले सो जग्गा तत्काल विक्री नगर्न सरकारलाई सचेत गराएको हो ।
समितिको शुक्रबार बसेको बैठकले नेशनल ट्रेडिङको नाममा रहेको जग्गा तत्काल विक्री वितरण नगर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले नेशनल ट्रेडिङको नाममा रहेको सम्पूर्ण सम्पत्ति विवरण पेश गर्न पनि आपूर्ति मन्त्रालयलाई भनेको छ ।
नेशनल ट्रेडिङ कामविहिन अवस्थामा पुगेपछि समितिले त्यसको हालको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायका पदाधिकारीसाग पुन छलफल गर्ने निर्णय पनि गरेको छ । नेशनल ट्ेरडिङ र त्यसाग सम्बन्धित सबै विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिने निर्णय लिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनु भयो । समितिले जग्गा लिजमा दिनुपर्नाका कारणको खोजी पनि गर्ने जनाएको छ ।