विखण्डन एमालेलाई स्वीकार्य छैन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका नेता केपी शर्मा ओलीले राजनितीका नाममा हुने अनैतीक र बिखण्डनकारी क्रियाकलाप नेकपा एमाले स्वीकार्य नहुने बताउनुभएको छ । शनिबार बाट शुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानको सन्दर्भमा एमालेले झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले लोकतन्त्रमा सबै नागरीकलाई स्वतन्त्रता पूर्वक तराई पहाडमा हिड्डुल गर्ने अधिकार भएको स्पष्ट पार्नुभयो । तराईमा एमालेलाई हिड्नै नदिने भन्ने बिचार राजनीतिक संस्कार बिपरित भएको उहांको भनाई छ ।

एमालेका गतिविधि अवरोध गरे आफूहरु पिठ्यू फर्काएर नबस्ने उहांले चेतावनी दिनुभयो । अध्यक्ष ओलीले मेची–महाकाली राष्ट्रिय अभियानको पुर्वसंध्यामा मधेसी मोर्चाका कार्यकताले तराईका बिभिन्न जिल्लामा आफ्ना पार्टी कार्यकर्तामाथी आक्रमण भत्सर्नायोग्य भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले एमाले मधेस बिरोधि पाटी भनि नियोजित रुपमा बिभिन्न हल्ला फिजाइएकाले त्यो भ्रम चिर्ने अभिप्राय स्वरुप अभियान संचालन गर्नुपरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया