काठमाडौं– त्रिभुवन विश्व विद्यायलले बुधवार भएको स्वतन्त्र यूनियनको चुनावी नतिजा स्पष्ट परिणाम सार्वजनिक नगर्दा सबै विद्यार्थी संगठनहरूले नतिजाको सन्र्दभमा आ–आफ्नै दाबि गरेका छन् ।
एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा आफू अग्रस्थानमा रहेको दाबि गरेको छ । अनेरास्ववियुले शुक्रबार दिउँसोसम्मको नतिजा अनुसार १ सय ६ कलेजमा जीत हात पाररे अग्र स्थानमा रहेको दाबि गरेको छ भने कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि विहीबार दिउासोसम्म १ सय ७ वटा क्याम्पसमा स्ववियु चुनाव जित्दै अग्रस्थानमा रहेको दाबि गरेको छ ।स्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७४ स्थानमा आफूले जित हासिल गरेको दाबि गरेको छ ।
विद्यार्थी संगठनले चुनावी नतिजाको सन्र्दभमा आ–आफ्नै दाबि गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आधिकारिक नतिजा भने सार्वजनिक गरेको छैन । त्रिभुवन विश्वविद्यायले ३ सय ६० वटा क्याम्पसमा चुनाव तयारी गरेपनि बुधबार २ सय ३० वटा क्याम्पसमा भन्दा चुनाव हुन सकेन । विद्यार्थी संगठनले गरेको दाबि अनुसार २ सय ८३ क्पाम्पसमा चुनाव हुनुपर्ने देखिन्छ तर चुनाव भएको २ सय ३० वटा क्याम्पसमा मात्र हो ।