नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहलले लगानीकर्ताहरूलाई नेपालमै लगानी गर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा विहबिारदेखि सुरु भएको लगानी सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान जारी पछि राजनीतिक संक्रमण टुंगिन लागेकाले लगानीकर्ताले विश्वस्त भएर लगानी गर्न सक्ने बताउनु भएको हो । सम्मेलनमा सहभागी विदेशी लगानीकर्तालाई लक्षित गर्दै प्रधभानमन्त्री दाहालले नेपाल विकासमा केन्द्रीत हुन लागेको भन्दै विदेशी लगानीको सुरक्षा गरिने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपालमा लगानी गर्ने वातावरण निर्माण भएको भन्दै नेपालमा सबैको ध्यान अब विकास र आर्थिक समृद्धितिर मोडिएको पनि बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एयरपोर्ट, ऊर्जा र कृषिमा कन्द्रित भएर लगानी गर्न आग्रह गर्नुभएको थियो । लगानीको वातावरण तयार गर्न आवश्यक नीतिगत ब्यवस्था गर्न आफुहरु तयार रहेको भन्दै प्रतिवद्ध भएर आउन लगानीकर्तालाई आग्रह पनि गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै क्षेत्रका लागि आउने लगानीलाई स्वागत गर्न एमाले तयार रहेको बताउनुभयो ।

एमाले प्रमुख प्रतिपक्षी दल भएपनि विदशेबाट आउने लगानी र त्यसबाट गरिने विकासका काममा सरकारभन्दा अघि रहेर सघाउने उहाँको दाबी छ । अध्यक्ष ओलीले लगानीका लागि आवश्यक वातावरण तयार गर्ने जिम्मा सबैको उत्तिकै भएकाले आफ्नो भूमिका निभाउन एमाले पछि नहट्ने स्पष्ट पार्नुभयो । २५ वर्षपछि भएको लगानि सम्मेलनमा नेपालका विकास साझेदार तथा लगानिकर्ता सहभागी छन् ।

तपाईको प्रतिक्रिया