स्ववियु चुनावको सन्र्दभमा विद्यार्थी सङ्गठनको मनलाग्दी घोषणा, २ सय ३० कलेजमा चुनाव भयो, तर विद्यार्थीको घोषणामा २ सय ८३ पुग्यो


काठमाडौं– त्रिभुवन विश्व विद्यायलले बुधवार भएको स्वतन्त्र यूनियनको चुनावी नतिजा स्पष्ट परिणाम सार्वजनिक नगर्दा सबै विद्यार्थी संगठनहरूले नतिजाको सन्र्दभमा आ–आफ्नै दाबि गरेका छन् । एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा  आफू अग्रस्थानमा रहेको दाबि गरेको छ । अनेरास्ववियुले विहीबार दिउँसोसम्म आफूले १ सय १ कलेजमा जीत हात पारेको दाबि गरेको हो ।

त्यसैगरी कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि विहीबार दिउँसोसम्म १ सय ५ वटा क्याम्पसमा स्ववियु चुनाव जित्दै अग्रस्थानमा रहेको दाबि गरेको छ । त्यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७३ स्थानमा आफूले जित हासिल गरेको दाबि गरेको छ । विद्यार्थी संगठनले चुनावी नतिजाको सन्र्दभमा आ–आफ्नै दाबि गरेपनि त्रिभुवन विश्वविद्यालयले भने आधिकारिक नतिजा भने सार्वजनिक गरेको छैन ।

त्रिभुवन विश्वविद्यायले ३ सय ६० वटा क्याम्पसमा चुनाव तयारी गरेपनि बुधबार २ सय ३० वटा क्याम्पसमा भन्दा चुनाव हुन सकेन । विद्यार्थी संगठनले गरेको दाबि अनुसार २ सय ८३ क्पाम्पसमा चुनाव हुनुपर्ने देखिन्छ तर चुनाव भएको २ सय ३० वटा क्याम्पसमा मात्र हो । विहीबार दिउँसोसम्म  २ सय २० कलेजको चुनावी नतिजा आएको थियो ।

Published On:  584पटक हेरिएको

तपाईको प्रतिक्रिया