अमेरिकी महानताको नयाँ युग शुरू भएको ट्रम्पको दाबि

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी महानता नयाँ युग शुरू भएको दाबि गरेका छन् । अमेरिकी कंग्रेसमा पहिलोपटक सम्बोधन गर्दै उनले वर्षौैंदेखि अमेरिकनहरुले देखेको असम्भव देखिने सबै सपनाहरु पूरा हुने जिकिर गरे । ट्रम्पले अमेरिकी उत्साहलाई बढाउने प्रतिबद्वता समेत व्यक्त गरे ।

अमेरिकामा महानताको नयाँ युग सुरु भएको बताउादै उनले सबै अमेरिकनहरु सफल हुनका लागि अहिलेको जस्तो अराजकता हट्नुपर्ने बताए । नीतिगत रुपमा मतभिन्नता भए पनि आपसी घृणालाई हटाउन सबै अमेरिकन एकजुट हुनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया