लुट २ ले ‘लुट्यो’ पाँच दिनमै झण्डै ६ करोड

गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले पाँच दिनमै झण्डै ६ करोड कमाउन सफल भएको छ । निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रले छक्कापञ्जाको कीर्तिमानलाई पछ्याएको हो ।    पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो ।

शिवरात्रीको सार्वजनिक विदा पारेर रिलिज भएको फिल्मले पहिलो दिन नै १ करोड ५२ लाखको व्यापार गरेको दाबी फिल्म निर्मातो ग नरेन्द्र महर्जनले गरेका छन् ।

सोमबार साँझसम्म फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी छ । अभिनेता दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, प्रवीण खतिवडा, कर्मा शाक्य यस फिल्मको भूमिकामा छन् ।

Published On:  758पटक हेरिएको

तपाईको प्रतिक्रिया