२३ आङ्गिक वटा क्याम्पसमा मात्र स्ववियु चुनाव भयो, कुन कुनमा भयो पढ्नुहोस्

देशभर गरेर त्रिभुवन विश्वविद्यालयक ६३ वटा आङ्गिक क्याम्पस भएपनि २३ वटा क्याम्पसमा मात्र बुधवार चुनाव भयो ।  उपत्यकाका  ललितकला क्याम्पस, सानोठिमी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, जनप्रशासन क्याम्पस, मेडिसिन क्याम्पस महाराजन्ज, नर्सिङ क्याम्पस महाराजगन्ज, आयुर्वेद क्याम्पस कीर्तिपुर र भक्तपुर बहुमुखी क्याम्पसमा बुधबार चुनाव भयो ।

यसैगरी उपत्यका बाहिरका पश्मिाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, फुड एन्ड टेक्नोलोजी क्याम्पस धरान, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, शिक्षा क्याम्पस सुर्खेत, वन विज्ञान क्याम्पस पोखरा, कृषि क्याम्पस सुन्दरबजार लमजुङ, कृषि क्याम्पस भैरवहालगायत १४ आंगिक कलेजमा पनि चुनाव भयो । काठमाडौंको रत्नराज्य लक्ष्मि क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र कलेज, नेपाल कमर्स क्याम्पसमा स्ववियु हुन सकेन । यस्तै पश्चिमाञ्चलकै ठूलो पोखराको पृथ्वी नारायण क्याम्पसमा समेत निर्वाचन हुन सकेन ।

तपाईको प्रतिक्रिया