काठमाडौं– राजधानीका अधिंकाश ठूला क्याम्पसमा चुनाव नहुने भएको छ । विद्यार्थी संगठनवीच विभिन्न विषयमा विवाद रहँदा राजधानीका ठूला मानिएका क्याम्पसमा तत्कालका लागि चुनाव स्थगित भएको हो । नेपाल परिक्रममाले पाएको जानकारी अनुसार काठमाडौं उपत्यकाका ९ वटा क्याम्पसमा मात्रै चुनाव हुने भएको हो ।
देशभर गरेर त्रिभुवन विश्वविद्यालयक ६३ वटा आङ्गिक क्याम्पस भएपनि २३ वटा क्याम्पसमा मात्र चुनाव हुने त्रिभुवन विश्वविद्यालय जनाएको छ । विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरका अनुसार विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रक्रिया सुरु गरेका कलेजहरूमा फागुन १८ मा स्ववियु चुनाव हुने भएको हो ।
उहाँका अनुसार उपत्यकाका ललितकला क्याम्पस, सानोठिमी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, जनप्रशासन क्याम्पस, मेडिसिन क्याम्पस महाराजन्ज, नर्सिङ क्याम्पस महाराजगन्ज, आयुर्वेद क्याम्पस कीर्तिपुर र भक्तपुर बहुमुखी क्याम्पसमा बुधबार चुनाव हुनेछ । यसैगरी उपत्यका बाहिरका पश्मिाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, फुड एन्ड टेक्नोलोजी क्याम्पस धरान, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, शिक्षा क्याम्पस सुर्खेत, वन विज्ञान क्याम्पस पोखरा, कृषि क्याम्पस सुन्दरबजार लमजुङ, कृषि क्याम्पस भैरवहालगायत १४ आंगिक कलेजमा पनि चुनाव हुनेछ ।