सैन्य कमाण्डर मारिएको तालिवानको पृष्टि

एजेन्सी–वरिष्ठ सैन्य कमाण्डर हवाइ आक्रमणमा मारिएको अफगानी तालेबानले पुष्टि गरेको छ । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालेबानका सैन्य गतिविधीमा संलग्न कमाण्डर मुल्लाह अब्दुल सलाम अखुन्द हवाइ आक्रमणमा तालेबानले पुष्टि गरेको हो । तालेबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले एक विज्ञप्ती जारी गर्दै अखुन्द मारिएको पुष्टि गरेका छन् ।

आइतबार कुन्दुज शहर नजिकको दास्ते आर्ची गाउँमा रहेका बेला अखुन्दलाइ निशाना बनाएर हवाइ आक्रमण भएको थियो । आक्रमणमा अखुन्द सहित ८ तालेबानी लडाकु मारिएको स्थानीय अधिकारीले जनाएका छन् । अफगानिस्तानमा अमेरिका नेतृत्वको सैन्य गठबन्धनले कुन्दुजमा हिजो हवाइ आक्रमण गरेको पुष्टि गरेका छन् ।

Published On:  623पटक हेरिएको

तपाईको प्रतिक्रिया