चुनाव हुन नसके सरकारको औचित्य छैन : स्वास्थ्य मन्त्री थापा

काठमाडौं–स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन गर्न सरकार असफल भए सरकार औचित्य सकिने बताउनुभभएको छ । सबै तहको निर्वाचन सम्पन्न गरि संविधान कार्यान्वयन गर्ने गरि सरकार गठन भएको स्मरण गराउदै मन्त्री थापाले स्थानीय तहको निर्वाचन गराउन नसके सरकारको औचित्य स्वत: समाप्त हुने बताउनुभएको हो ।

काठमाडौंमा आज भएको कार्यक्रममा मन्त्री थापाले निर्वाचन नै गर्न नसक्ने अवस्था आयो भने सरकारको औचित्य समाप्त हुने बतानउनुभयो । सरकारले बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन जसरी पनि गराउने भन्दै आवश्यक तयारी तिब्र पारेको छ ।

Published On:  429पटक हेरिएको

तपाईको प्रतिक्रिया