मेची महाकाली ढाक्ने एमाले अध्यक्ष ओलीको दाबि

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत सोच्नेहरुलाई नै छक्कै पार्ने गरि एमालेको मेची महाकाली अभियानले सडक ढाक्ने जिकिर गनुभएको छ । धुम्बाराही स्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित मेची महाकाली राष्ट्रिय अभियानका स्वयम् सेवकलाई प्रशिक्षण दिंदै अध्यक्ष ओलीले एमालेको अभियानबाट स्थानीय तहको निर्वाचनमा हारिन्छ कि भन्ने भय र त्रासमा रहेका सत्तारुदलहरु अझै डराउने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले जातीयता, भाषा, भुगोल लगायतका आधारमा मतभेद श्रृजना गर्न खोज्ने विरुद्ध एमालेले राष्ट्रिय एकता, विविधतामा एकता कायम गर्दै राष्ट्रनिर्माणको संयुक्त अभियान संचालन गर्न लागेको भन्दै यो उदाहरणीय हुने उद्घोष गर्नुभयो । स्वयम सेवकलाई अनुसासित बन्न आग्रह गर्दै उहााले अभियानका क्रममा कुनै पनि खतरा र थ्रेड देखिएमा चेन अफ कमाण्डमा रहेर समस्याको समाधान खोज्न निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया