सबै जात जाती मिले चमत्कार हुन्छ : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले न्याय, समानता र स्वतन्त्रताको पक्षमा सबै जात जाती मिले मात्र चमत्कारिक फड्को मार्न सकिने बताउनुभएको छ । ग्याल्पो ल्होसारका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै जातजाती, भाषा भाषीबीचको एकताले मात्रै देश समृद्ध हुने भन्दै सोही एकतामा आफुले जोड दिंदै आएको बताउनुभयो ।
संविधानको स्वीकार्यता बढाउनका लागि आफुले मधेस पहाड र हिमाल जोडेर निर्वाचन गराउन लागि परेको पनि उल्लेख गर्नुभयो । शेर्पा समुदायले नयाा बर्षको रुपमा समेत मनाउने ग्याल्पो ल्होसारका अवसरमा आयोजित कार्यक्रममा साम्दे शेर्पा राष्ट्रिय पुरस्कारबाट कलाकार बसुन्धरा भुसाल, दिपकराज गिरी र लाक्पा शेर्पालाई पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया