धरान–विगत पाँच बर्षदेखि निरन्तर हुँदै आएको धरान रन यस वर्ष पनि सम्पन्न भएको छ । धरान रनको आयोजनामा स्वच्छ र स्वास्थ्यको लागी दौडौ भन्ने नारा सहित विगत पाँच बर्ष देखी धरान रन आयोजना भइरहेको छ । खुल्ला सहित विभिन्न पाँच उमेर समूहमा भएको धरान रनमा यस बर्ष अगाडीका आयोजना भन्दा बढि मानिसहरुको सहभागी भए ।
यस बर्ष धरान रनको खुल पुरुष तर्फको उपाधि अघिल्लो बर्षका धरान रनकै विजेताले तीर्थ पुनले जितेका छन् । भारतीय सेनामा कार्यरत बागलुङका पुनले पुन दोश्रो पटक धरान रनको उपाधि जित्न सफल भएका हुन् । च्याम्पियन तिर्थ पुनले निर्धारित दूरी ८ किलोमिटर २६.३ मिनेटमा पार गर्दै उपाधीमा कब्जा गरेका हुन् ।
उनले नगद ४० हजार ,मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा २६.३६ मिनेटमा निर्धारित दूरी पार गरेका नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो हुदै नगद ३० ,मेडल र प्रमाणपत्र पाए भने २७.२७ मिनेटमा निर्धारित दूरी पार गर्दै आर्मीकै टिकाराज कटुवाले तेस्रो हुदै नगद २० ,मेडल र प्रमाणपत्र पाए । यता महिला खुल्लातर्फ आर्मीकी सानुमाया कार्कीले निर्धारित दूरी ३४.३ मिनेटमा पार गर्दै प्रथम, ३१.१३ मिनेटमा निर्धारित दूरी पार गर्दै सन्तोषी श्रेष्ठले दोस्रो र ३७.७ मिनेटमा पार गर्दै सीता न्यौपाने तेस्रो भइन । उनीहरुले क्रमश नगद ४०, ३० र २० हजारसहित मेडल र प्रमाणपत्र पाए ।
त्यसैगरी ४० बर्ष माथिको पुरुष भेट्रानमा भने ३६.२८ मिनेटमा निर्धारित दूरी पार गर्दै निर्मल राई प्रथम हुदै नगद ५ हजार मेडलर प्रमाण पत्र पाए भने ३८.४८ मिनेटमा पार गर्दै मोहन सुब्बा दोस्रा हँुदै नगद ३ हजार मेडल र प्रमाणपत्र पाउँदा ३९.१९ मनेटमा निर्धारित दूरी पार गर्दै तेस्रो भएका राम तामाङले नगद २ हजार प्रमाणपत्र र मेडल हात पारे । महिलातर्फको भेट्रानमा निर्धारित दूरी ५२.२० मिनेटमा पार गर्दै रीता राई प्रथम, ५८.५९ मिनेटमा दूरी पार गर्दै गंगा गुरुङ दोस्रो र १ घण्टा ३ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै सुभना राई तेस्रो स्थान हात पारिन् । उनीनहरुले क्रमश ५, ३ र २ हजार सहित मेडल र प्रमाणपत्र पाए ।
यसैगरी १२ बर्ष मुनिको पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो स्थानमा क्रमश :मल्डिना आङथुपो,सदेश बेघा, सञ्जिव महर्जन भए भने महिलातर्फ प्रमिला विक, अनुशा प्रधान, स्वेच्छा मगर क्रमश प्रथम, दोस्रो र तेस्रो स्थान हात पारे । महिला तथा पुरुष १२ बर्ष मुनिका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश : ५, ३ र २ हजार नगद, मेडल र प्रमाण पत्र हात पारे ।
यस्तैगरी, १६ बर्षमुनिको पुरुषतर्फ नाम्चे भाई प्रथम, लखन लिम्बु दोस्रो र प्रतिक राई तेस्रो भए भने महिलातर्फ अमृता भण्डारी, सिर्जना राई र अस्मिता बस्नेत क्रमश: प्रथम, दोस्रो र तेस्रो स्थान हात पारे ।
विजेता उपविजता र तेस्रो स्थान भएका दुवै समूहका खेलाडीले नगद ५, ३ र २ हजार सहित मेडल प्रमाणपत्र हात पारे । स्वच्छ र स्वस्थ्य धरान नाराका साथ प्रत्येक बर्ष आयोजना हुदै आएको नेपालकै सबैभन्दा ठुलो दौड प्रतियोगितामा सबै समूहबाट २ हजार २ सय २२ जनाले दौडमा भाग लिएका थिए । प्रतियोगिता आयोजनाबाट संकलित रकम आयोजक धरान रनले गरिब, असहाय व्यक्ति एवं त्यस क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्दै आएको आयोकले जनाएको छ । सम्पूर्ण देश विदेशमा रहेका नेपालीको सहयोगमा मात्र धरान रन सम्पन्न गर्न सबिएको धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले वताउनुभयो ।