नेपालमै सकिन्छ यसरी

काठमाडौं–चर्चित पुस्तक नेपालमै सकिन्छ बारेमा गहन अन्र्तसम्बाद भएको छ । बुधबार अपरान्ह ४ बजे प्रज्ञा भवन कमलादीमा रेडियो अडियोका दीपेन्द्र खनिया र नेपालमै सकिन्छ पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए । मञ्चको अघिल्लो भागमा अधिकांश युवाहरु थिए । खनियाले मञ्चअघि रहेकाहरुलाई सुरुमै सोधे, ‘रोहितजीसाग तपाइाहरु सोध्नुहुन्छ कि म नै सोध्न शुरु गरौं?’ पाठकसाग लेखक, लेखकसाग पाठक नाम दिइएको उक्त अन्तरसंवाद पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक नेपालमै सकिन्छ का विषयमा केन्द्रित थियो ।

प्रज्ञा भवन कमलादीमा जारी पुस्तक मेलाका क्रममा आयोजित अन्तरसंवादमा खनियाले लेखक भण्डारीसाग पुस्तकका विषयमा केही जिज्ञासा राखे । अनि पाठकलाई पनि जिज्ञासा राख्नका लागि आग्रह गर्दै भने, ‘ रोहितजी यतिबेला तपाईाहरुको कठघरामा हुनुहुन्छ, पुस्तकका विषयमा आफूलाई चित्त बुझेका नबुझेका जे जे कुरा छन् त्यो सबै भन्नोस् ।’ कुराकानी करिब एक घन्टा चल्यो । रेडियो अडियोमा खुल्दुली डटकम मार्फत स्रोताका खुल्दुली मेट्ने खनियाले एक घन्टासम्म नेपालमै सकिन्छ पुस्तकका विषयमा आफ्ना र पाठकका खुल्दुली लेखक भण्डारी समक्ष राखे । पुस्तक किन लेखेकोदेखि लिएर पुस्तकमा के के छन् भन्ने सम्मका जबाफ दिएपछि लेखक भण्डारीले भने, ‘ बजारमा आइसकेको पुस्तकका विषयमा म धेरै बोल्दिन ।

पाठक न्यायाधीशहुनुहुन्छ , ठीक बेठीक, राम्रो नराम्रो यो सबै छुट्याउाने जिम्मा अब पाठकहरुकै हो । तर, म यति चाहिा भन्छु —सानो लगानीमा अत्यन्तै राम्रो आम्दानी गरिरहेका, डिभी पिआर छोडेर नेपाल फर्किएका अनि नेपालमै रहेर लोभलाग्दो आम्दानी गरिरहेकाहरुका प्रेरणादायी कथा र विभिन्न सन्दर्भ समेटिएका कारण पनि पुस्तक पढिसकेपछि सबैले विश्वासका साथ भन्नुहुनेछ— हो, नेपालमै सकिन्छ ।

तपाईको प्रतिक्रिया