महिला उत्तरदायी पत्रकार आचारसंहिता २०७३ प्रतिवेदन हस्तान्तरण

महेन्द्रराज सिंह–काठमाडौं । प्रेस काउन्सिल नेपालका सदस्य तथा महिला समाचार सम्प्रेषणसम्वन्धी –बिशेष आचारसंहिता निर्माण कार्यदलका संयोजक शुभेच्छाविन्दु तुलाधरले एक कार्यक्रमबीच काउन्सिल अध्यक्ष बोर्णवहादुर कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
महिलासम्वन्धी समाचार सम्प्रेषणको व्यावसायिक पक्षलाई मर्यादित, जवाफदेही, प्रभावकारी, परिणाममूखि बनाउन सवै सञ्चारमाध्यम, पत्रकारहरुलाई लागू हुनेगरी प्रतिवेदनलाई तत्कालै कार्यान्वयनमा ल्याउने अध्यक्ष कार्कीले प्रतिवद्धता प्रकट गर्नुभयो ।
प्रेस काउन्सिल ऐन, ०४८ को ७ ख ले दिएको अधिकार प्रयोग गरी निर्मित आचारसंहितामा महिलाको हक, हित, समानताको प्रवद्र्धन, महिलाको पेशागत हित, उत्तरदायित्व र जवाफदेहीताको पक्षलाई समेटी तयार गरिएको हो । कार्यदलको सदस्यहरुमा अधिबक्ता डा.सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका सचिव तथा काउन्सिल सदस्य संगीता खड्का र सदस्य सचिवमा दीपक खनाल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया