कठिन परिस्थितिकावीच चुनाव घोषणा भयो : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले कठिन परिस्थितिकाबीच सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले निर्माण गरेको पत्रकार स्तम्भको मङ्गलबार काठमाडौंमा अनावरण गर्दै प्रधानमन्त्री दाहालले सरकारले धेरै चूनौति र अप्ठ्यारो परिस्थितिको सामना गर्दै चुनावको मिति घोषणा गरेको बताउनुभयो ।

दाहालले चुनावलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले तोकिएकै समयमा सफलतापूर्वक चुनाव सम्पन्न गर्न सम्पूर्ण पक्ष एकजुट भएर अभियान संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

Published On:  477पटक हेरिएको

तपाईको प्रतिक्रिया