काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । अध्यक्षको लागि सोमबार भएको चुनावमा निकटतम प्रतिद्वन्द्वी प्रदीपविक्रम राणालाई भारी मतअन्तरले हराउँदै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्षमा विजयी थापाले २८०४ मत ल्याउनुभयो भने उनका निकटम प्रतिद्वन्द्वी राणाले २ सय ५१ मत प्राप्त गर्नुभयो । भृकुटीमण्डपमा भइरहेको एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान सुरु भएको थियो ।
अध्यक्षको लागि कुल ३ हजार १ सय ३६ मत खसेको थियो । खसेको मत मध्ये ८१ मत बदर भएको थियो ।