सर्वसाधारणलाई सास्ती दिन खप्पिस गैर जिम्मेवार आयल निगम, बजारमा पट्रोलको अभाव कायमै

काठमाडौं– बजारमा डिजल पट्रोलको अभाव भएको तीन दिन पूरा भएको छ । एका दुई खुलेका पट्रोलपम्पमा पनि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ सर्वसाधारणलाई । यति हुँदा हुँदैपनि नेपाल आयल निगमले बजारमा पट्रोल अभाव नभएको बताइरहेको छ । अधिकांश पट्रोल पम्महरूमा पट्रोल छैन भनेर सूचना टाँग्यिको छ ।

आयल निगमले पट्रोल छ भनेर दाबि गरिरहँदा सर्वसाधारणले सास्ती पाइहरेका छन् । शुक्रबार पट्रोलसँग सम्बन्धीत मजदूरहरूले विभिन्न माग राख्दै ढुवानी रोकेको र शनिबार सार्वजनिक विदा परेको भन्दै पट्रोल नबाडिएका कारण बजारमा समस्या आएको आयल निगमको भनाइ छ । तर यो समस्या अहिलेको भने होइन ।

यसरी कयांैं पटक पटक सर्वसाधारणले सास्ती पाइरहँदा समेत आयल निमगले टुलुटुली हरेर जनतालाई सास्ती दिने काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया