वीपी राजमार्ग भाँसियो, यातयात ठप्प

काभ्रे–सिन्धुली–बर्दिबास सडक अन्तर्गत सिन्धुलीको  शितलपाटी—९, नेपनटार डाँडा नजिक सडक भाँसिएको छ । यो ठाउँमा करीब ४५ मिटर सडक भाँसिर खसेको हो ।

आइतबार राती ११ बजे सडक भाँसिएपछि सवारी आवागमन ठप्प छ । सडक खसेको स्थान धुलिखेलबाट ८२ किलोमीटर दुरीमा पर्छ । सडक भाँसियर गाडी अलपत्र परेपछि सिन्धुलीको खुर्कोट र रातामाटा प्रहरीले यात्रुवाहक सवारीलाई रामेछापतर्फबाट सञ्चालन गर्नका सहजीकरण गरिरहेको छ । आइतवार राती ११ बजे देखि सुख्खा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया