पत्रकार महासंघ ओखलढुंगा शाखाको चौथो जिल्ला अधिबेशन सम्पन्न

ओखलढुंगा । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको चौथो जिल्ला अधिबेशन शनिवार सम्पन भएको छ । अधिवेशनले दिपेन्ऽ रुम्दालीलाई नै तेश्रो कार्यकालको लागि सर्बसम्मत रुपमा निर्वाचित गरेको छ ।
निर्वाचित हुनेहरुमा उपाध्यक्षमा शिव प्रसाद ढुंगाना र विनु राई, कोषाध्यक्ष बोध नारायण श्रेष्ठ, सचिव लाक्पागेल्जे शेर्पा, सहसचिव धनमाया राई र कुल बहादुर तामाङ लगायत रहेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्ऽिय सदस्य एवम् केन्ऽिय प्रतिनिधि मातृका पौडेलको प्रमुख आतिथ्यतामा ओखलढुंगा शाखाको अधिवेशन सम्पन्न भएको हो ।
अधिबेशनले कुम्भराज राई र जिवन शर्मा दुई जना केन्ऽिय पार्सद तथा  युवराज गजमेर र रेवती पराजुली (रेणु) गरी दुई जनालाई प्रदेश पार्सद पनि सर्बसम्मत रुपमा निर्वाचित गरेको छ । निर्वाचित  टिमको प्रतिनिधित्व गर्दै निर्वाचित दिपेन्ऽ रुम्दाली राईले नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाको निर्माणधिन भवनलाई समयमा नै पुरागर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया