संघीयता कार्यान्वयन चूनौतीपूर्ण : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयन सबै भन्दा बढी चुनौतिपूर्ण रहेको भन्दै संघीयता कार्यान्वयनमा सबैलाई सकरात्मक भूमिका खेल्न आग्रह गर्नुभएको छ । ६७ औं प्रजातन्त्र दिवसका अवसरमा आज काठमाडौाको सैनिकमञ्चमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले संविधानले स्थापित गरेका

सबै उपलव्धि महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताउनुभएको हो । एकात्मक र केन्ऽीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढााचामा ढाली अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तह मार्फत् जनता समक्ष पुर्‍याउने मुल उद्देश्य रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

नया संविधान अनुसार निर्वाचनसाग सम्बन्धित राजनैतिक र कानूनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया